प्रि ओपन सेसन: करिब  १ अंक घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार ११.६६ अंक बढेर २७५५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८५ अंक घटेर २७५४.५४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ७४ स्टकको १६३ पटकको कारोबारमा ७ करोड ३ लाख ७२ हजार ८०० रुपैयाँ ९० पैसाबराबरको ९२ हजार २२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने ३८ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।