नेप्से सीईओ नियुक्तिका लागि तीन सदस्यीय छनोट समिति गठन

काठमाडौँ  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् ।

यस अघि नेप्सेको सीइओ रहेका कृष्ण बहादुर कार्कीको कार्यकाल सकिएपछि हाल नेप्सेमा सीइओ पद रिक्त छ ।