
ग्राहक सेवा विस्तार र लगानिकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लि.ले आफ्नो ५औं शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा न. ०५, जावलाखेलमा आज एक विशेष कार्यक्रम गरी शुभारम्भ गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्टक एक्सचेन्ज लि.का अध्यक्ष श्री शोभाकान्त पौडेलज्यू रहनु भएको थियो भने विशेष अतिथिमा ललितपुर म.ना.पा वडा .न. ०५ का वडा अध्यक्ष श्री विकाश मान श्रेष्ठ उपस्थितको उपस्थीति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा श्री शोभाकान्त पौडेलज्यूले शेयरबजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानि गर्नु पर्ने बताउनुको साथै नेपालमा पूजिंबजारको धेरै सम्भाव्यता रहेको र क्रमश धेरै कुराहरुको बिकास भईरहेको समेत जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथी पौडेलले हाले पूँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको योगदान उल्लेखनिय रहेको बताउँदै, त्रिशक्ती सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गर्नुभयो । बिशेष अतिथि वडा न. ०५ का अध्यक्ष विकाश मान श्रेष्ठले कम्पनीको प्रगतीको शुभकामना दिदैं आवश्यक सहयोगको लागि तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा लगानिकर्ताहरुको तर्फबाट अतिथिको रुपमा रहनु भएका श्री दिपक रिमालज्यूले शेयरबजारको महत्व तथा औचित्यता माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कम्पनीका मेनेजिङ्गी डाइरेक्टर श्री गोविन्द दाहालले गर्नु भएको थियो भने कार्यक्रममा दहालले सेवा विस्तारमार्फत् लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिनुभयो । कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष श्री टंक प्रसाद गौतमले गर्नु भएको थियो ।
कम्पनीले यस अघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरीक्त पोखरा, महेन्द्रनगर, हेटौडाबाट डिम्याट, टि.एम.एस. लगायतमा शेयर कारोवार सम्वन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।