यी कम्पनीहरूले आज बजारमा सर्वाधिक कमाई गरे

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ६६ अंकले बढेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।