
काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.१४ अंक बढेर बन्द भएको नेप्से, यस दिन सो सेसनमा १९.६५ अंक घटेर २७२४.०९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३३ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा १३२ स्टकको ४१९ पटकको कारोबारमा ३ करोड ४६ लाख ७६ हजार ९९२ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ६११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १०६ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।