नेपाल बैंकले साधारणसभा बोलायो, तीन जना पब्लिक सञ्चालकको निर्वाचन हुने

काठमाडौँ । नेपाल बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ६ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २२  गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको सभामा सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन पनि हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।

४. बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने ।