
काठमाडौँ । सम्पति शुद्धीकरण सम्बन्धि अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ । फ्रान्समा जारी एफएटीएफको बैठकले नेपाललाई सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा राखेको हो ।
स्रोतका अुनसार नेपाल आगामी दुई वर्षका लागि ‘ग्रे लिस्ट’मा परेको हो । यसको औपचारिक जानकारी एफएटीएफले पत्रकार सम्मेलनमार्फत गराउने बताइएको छ । यद्यपी, नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले भने यसबारे औपचारिक जानकारी आइनसकेको बताएका छन् ।
नेपालसँगै लाओस पनि ग्रे लिस्टमा परेको छ ।