
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीगर्न लागेको हो ।
फण्डले १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।