
काठमाडौँ । सुनकाे मूल्य बढेर पुरानाे उच्च मूल्यलाई छाेएकाे छ । यसअघि ताेलामै १ लाख ७१ हजार पुगेकाे सुनकाे मूल्य पुनः त्यही मूल्यमा पुगेकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । यससँगै आज नेपाली बजारमा प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।