
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको मूल्य बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ। यस्तै, खरिददर १३८ रुपैयाँ ८३ पैसा ताेकिएकाे छ।
आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ४९ पैसा खरिददर १७४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १४ पैसा र खरिददर ९ रुपैयाँ १८ पैसा छ। अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा ताेकिएकाे छ।
कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समय पनि संशोधन गर्न सकिने जनाएको छ।