लगानीकर्ताहरूको लागि खुशीको खबर: बैंकको ब्याजदर ९ वर्षयताकै न्यून

काठमाडौँ । कुनै समय अच्काली बढेको वाणिज्य बैंकहरुको ब्याजदर अहिले भने एकल विन्दुमा झरेको छ । हाल वाणिज्य बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो छ। कर्जा प्रवाहमा ह्रास आउँदा ब्याजदर झण्डै एक दशकअघिको अवस्थामा पुगेको हो ।

२०७३ सालमा वाणिज्य बैंकहरूको आधार दर (बेसरेट) न्यूनतम ६.१० प्रतिशत थियो। त्यसयताका ९ वर्षसम्म आधारदर सोभन्दा तल झरेन। माघ मसान्तमा बैंकहरूको आधार दर ६.६५ प्रतिशतमा आइपुगेको हो। यो ९ वर्षयताकै कम हो। २०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरूमा कर्जाको माग अप्रत्याशित रुपमा घटेको थियो।

फागुन महिनामा वाणिज्य बैंकहरूको आधार दर ६.६५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.५७ प्रतिशत छ। अहिले वाणिज्य बैंकहरूसँग ११ खर्ब ७१ अर्ब रुपैयाँबराबरको तरलता छ। ५९ खर्ब ९८ अर्ब निक्षेप उठाएका वाणिज्य बैंकहरूले ४८ खर्ब २७ अर्ब रुपैयाँ मात्रै ऋणमा लगानी गरेका छन्। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्मको रकम ऋणमा लगानी गर्न पाउने भए पनि अहिले ७९ प्रतिशत मात्रै लगानी गर्न सकेका छन्।

चालू आर्थिक वर्षबाट कर्जा विस्तार कमजोर बन्दा आधार दर एक दशक अगाडिकै हाराहारीमा फर्किएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३-७४ मा आधार दर ६.१० प्रतिशत पुग्दा कर्जाको ब्याजदर ८.८६ प्रतिशतमा ओर्लिएको थियो। आव २०७४-७५ मा वाणिज्य बैंकहरूको न्यूनतम आधार दर ९.६७ अंकमा उक्लिँदा कर्जाको ब्याजदर ११.१० प्रतिशत र निक्षेपको ब्याजदर ६.१० प्रतिशत पुगेको थियो।

आव २०७५-७६ मा आधार दर न्यूनतम ९.४८ प्रतिशतमा रहँदा कर्जाको ब्याज १२.२० प्रतिशत र निक्षेपको ब्याज ६.३० प्रतिशतमा थियो भने आव २०७६-७७ मा आधार दर न्यूनतम ८.५० प्रतिशत हुँदा कर्जाको ब्याज १०.११ प्रतिशत र निक्षेपको ब्याज ६.१ प्रतिशत थियो। आव २०७७-७८ मा भने आधार दर ६.६६ प्रतिशतमा ओर्लियो। सो वर्ष कर्जाको ब्याज ८.४३ प्रतिशत र निक्षेपको ४.६२ प्रतिशत पुग्यो भने आव २०७८-७९ मा आधार दर न्यूनतम ६.७१ प्रतिशत पुग्यो।

तीन वर्ष लगातार ब्याजदर बढे पनि २०७७ सालमा भने ब्याजदर घटेको देखिन्छ। उक्त वर्ष आधार दर ६.६६ प्रतिशत पुगे पनि अहिले त्योभन्दा तल अर्थात् ६.६५ प्रतिशत पुगेको छ। २०७७ मा घटेको आधार दर आव २०७८-७९ को अन्त्यतिर तरलता व्यवस्थापन हुँदै जाँदा ९.५४ प्रतिशत पुगेको थियो।

लगानीको अवसर

जब ब्याजदर घट्छ, त्यसले विभिन्न प्रकारका लगानी अवसरहरू सिर्जना गर्छ ।

शेयर बजारमा लगानीः

ब्याजदर घट्दा, बैंकको एफडी (फिक्स्ड डिपोजिट) र अन्य सावधानीपूर्ण लगानीहरूमा ब्याज कम हुन्छ। यसले लगानीकर्ताहरुलाई बढी जोखिमपूर्ण तर उच्च रिटर्न दिन सक्ने स्रोतहरू जस्तै शेयर बजारमा लगानी गर्न प्रेरित गर्दछ।

रियल इस्टेट लगानीः

कम ब्याजदरको कारण घर वा व्यावसायिक सम्पत्ति खरीद गर्न कर्जा सस्तो हुन्छ, जसले रियल इस्टेट क्षेत्रको बढोत्तरी गर्न सक्छ। यसले लगानीकर्तालाई सम्पत्ति खरिद गर्न र मूल्य वृद्धिमा लाभ कमाउन प्रोत्साहन दिन्छ।

ब्यापार र स्टार्टअप लगानीः

ब्याजदर घट्दा कर्जाको लागत कम हुन्छ। यसले नयाँ व्यवसाय शुरू गर्न चाहने र उद्यमिता गर्नेहरूलाई सस्तो वित्तीय स्रोतहरू प्रदान गर्दछ। यसले स्टार्टअपहरूको लागि लगानीका अवसरहरू खोल्छ।

अर्थिक सस्तो ऋणहरूः

जब ब्याजदर घट्छ, मानिसहरू सस्तो कर्जा प्राप्त गर्न सक्छन्, जसको कारण उपभोक्ता खर्च र व्यापारहरूको विकासमा वृद्धि हुन्छ। यसले उद्योगहरूको वृद्धिलाई उत्प्रेरित गर्न सक्छ।

बैंक र फाइनान्सियल इन्स्टिच्यूसनमा लगानीः

यदि ब्याजदर धेरै घट्छ भने, विभिन्न बैंक र वित्तीय संस्थाहरूको स्टक मूल्यमा पनि वृद्धि हुन सक्छ, किनकि यिनीहरूले सस्तो कर्जा र अधिक ग्राहकहरूको सेवाबाट लाभ उठाउन सक्छन्।

यसरी, ब्याजदर घट्दा लगानीका धेरै नयाँ अवसरहरू खुल्छन्, तर प्रत्येक अवसरको साथमा जोखिम पनि जोडिएको हुन्छ, जसलाई ध्यानमा राखेर निर्णय गर्नु महत्त्वपूर्ण हुन्छ।