
काठमाडौँ। नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)को सबै भुक्तानी रोकिएको छ । अमेरिकाले फागुन २ गते इमेल मार्फत यसको जानकारी दिएको हो ।
आज अर्थ मन्त्रालयले पनि यसबारेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपाल सरकार र एमसीसीबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु ९० दिनको लागि स्थगन गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले जनवरी २० मा एमसीसी लगायतका अन्य निकायबाट भईरहेको वैदेशिक सहायता ९० दिनको स्थगन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। नेपालमा एमसीसी अन्तर्गत अन्तरदेशीय प्रसारण लाइन र सडक आयोजना निर्माण भईरहेको थियो ।