
काठमाडौं। नेपाल एसबिआई बैंकल सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगर ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमका गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकको उपस्थिति थियो। बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम गर्दै आइरहेको छ।हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।