स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ जारी गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गर्ने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ ।
यस एफपीओमा फागुन २१ गतेसम्म दिन सकिने छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।
कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ