बीमा प्राधिकरण अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्ट

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिकाे अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये ५ जना सर्टलिष्टमा परेका छन्। प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्टमा परेको सूचना सार्वजनिक गरेको हो।

सर्टलिष्टमा परेका रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन्। त्यस्तै, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक, पुडासैनी पूर्वराजस्व सचिव तथा हाल कृषि विकास बैंकका अध्यक्ष र ओझा पत्रकार हुन्।

समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ। प्रतुतिकरण र अन्तरवार्ता सो दिन अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौँमा दिउँसो २ बजे शुरु हुनेछ। त्यसपछि ती ५ जनामध्येबाट ३ जनाको नाम समितिले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। जसमध्ये १ जनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्त गर्नेछ।