
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार यसअवधिमा कम्पनीले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।गत वर्षको यसैअवधिमा कम्पनी २ करोड ५८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
गत वर्ष १ करोड ९३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनीले अहिले १ करोड २४ लाख सञ्चालन नाफा गरेको छ । यस्तै, इम्पेयरमेन्ट चार्ज अहिले घटेर २६ करोड ५५ लाख रुपैयाँ छ । गत वर्ष कम्पनीको ३७ करोड ८० लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले घटेर ४६ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।
चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा १ अर्ब ६८ करोड रुपैयाँ जम्मा रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा ७.७१ प्रतिशतबाट घटेर ५.३५ प्रतिशत कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.४८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने २५१.९४ रुपैयाँ छ ।