सुन र चाँदीको मूल्य बढोत्तरि,  कति कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।  नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको  छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो