
काठमाडौँ । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो । उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयले जनाएको छ ।
बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरू रहेका थिए । छलफलमा सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।