सुनको मूल्यमा अचानक भारी गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।