
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ५४ अंकले बढेर २,६८३ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गार्डियनका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।