
काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
जस मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर र सर्वसाधारण समूहको ५ लाख ८ हजार ८ सय ९२ कित्ता शेयर रहेको छ। यो लकइनमा रहेको शेयर हो। जसको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ। त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाम हुने छ।
यस लिलामी प्रक्रियाको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिंदा कुन समूहको शेयरको लागि आवेदन दिएको हो, सो खुलाउनु पर्ने हुन्छ।
काठमाडौँ भित्र एनआईएमबि एस क्यापिटलको कार्यालयलाजिम्पाटबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै एनआईएमबि बैंकको विराटनगर, बिरगंज, पोखरा, र बुटवल शाखाबाट आवेदन दिन सकिने छ ।