काठमाडौँ ।एनआईसी एशिया बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २२ गते साधारणसभा आह्वान गरेको हो कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ८ देखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :
सामान्य प्रस्ताव
१.आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।
३. यस बैंक तथा बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. तथा एन आई सी एशिया क्यापिटल लि. को आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने ।
४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
विशेष प्रस्ताव
१. प्रचलित कानुन एवं नियमनकारी व्यवस्थाहरुको अधिनमा रही सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर रु १००/- का दरले रु. ५ अर्बको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non Cumulative Preference Share) जारी गर्ने ।
२. बैंकको साविक अधिकृत पूँजी रु. १४,९२,००,००,०००/- (अक्षरेपी चौध अर्ब बयानब्बे करोड रुपैयाँ) लाई वृद्धि गरी रु. १०,००,००,००,०००/- (अक्षरेपी उन्नाईस अर्ब बयानब्बे करोड रुपैयाँ) बनाउन, साविक तत्काल जारी पूँजी रु. १४,९१,७५,६६,९२२/- (अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसठ्ठी हजार नौ सय बाईस रुपैयाँ) लाई वृद्धि गरी रु. १९०१,७५,६६,०२२/- (अक्षरेपी उन्नाईस अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसठ्ठी हजार नौ सय बाईस रुपैयाँ) बनाउन र साविक तत्काल चुक्ता पूँजी रु. १४,९१,७५,६६९२२/- (अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसठ्ठी हजार नौ सय बाईस रुपैयाँ) लाई वृद्धि गरी रु. १९,९१,७५,६६,९२२/- (अक्षरेपी उन्नाईस अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसठ्ठी हजार नौ सय बाईस रुपैयाँ) बनाउन स्वीकृति प्रदान गर्ने ।
३. बैंकको प्रवन्धपत्र / नियमावलीमा समसामयिक संशोधन / थप गर्ने ।
४. प्रबन्धपत्र / नियमावली संशोधन स्वीकृतिको क्रममा सम्बन्धित निकायहरुबाट कुनै फेर बदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने । एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non- Cumulative Preference Share) जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।