
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव ९८ अंकले घटेर २,६७७ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ६ अर्ब ९६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएमको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ