नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।