छापावाल सुन तोलामा १४०० रुपैयाँले महँगियो

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४०० रुपैयाँले बढेर १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको हो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १९७५ मा कारोबार भइरहेको हो।