सुन महँगियो, चाँदीको मूल्यमा गिरावट

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीकाे मूल्य घटेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँको गिरावट भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।