सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गर्‍यो

 काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।