
काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले आज माघ २४ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजना (म्युचुअल फण्ड) को इकाई बिक्री खुला गरेको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने एनएमबि हाईब्रिड फण्ड एल-२ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो ।
बन्दमुखी प्रकृति रहेको उक्त योजनाको अवधि १० वर्ष रहेको छ । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ र प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गरिएको छ। जस मध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबर्दक एनएमबि बैंकलाई, र १ प्रतिशत अर्थात् १२ लाख इकाई एनएमबि क्यापिटललाई छुट्याएर बाँकि रहेको १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ।
यस निष्काशनमा लगानीकर्ताले छिटोमा माघ २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि दिन सकिने छ।
हाल एनएमबि क्यापिटलले NMB 50, NMB Sulav Investment Fund – 2,र NMB saral bachat fund E गरि ३ वटा फण्ड संचालन गरिरहेको छ । NMB 50 ले आर्थिक वर्ष २०८०/८१ मा १५ प्रतिशत र NMB Sulav Investment Fund – 2 ले १० प्रतिशत लाभांश दिएको थियो। NMB saral bachat fund E खुलामुखी म्युचुअल फण्ड हो , यसले भने गत वर्ष लाभांश दिएन ।