नुवाकोटमा बस र माेटरसाइकल ठाेक्किए, एक जनाकाे मृत्यु

त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु भएकाे छ । गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ ।