सीवाइसी नेपाल लघुवित्तको नाफामा १०४% वृद्धिः लगानीकर्ताका लागि खुशीको खबर

काठमाडौँ  सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरू सबै बढेका छन् ।

यस अवधिमा  लघुवित्तले ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १०४.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यो अवधिमा लघुवित्तले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।