
काठमाडौं । आशा लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारणले किन्न पाउने गरी २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त शेयरहरू यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको म्यादसम्म आंशिक मात्रामा शेयर खरिदका लागि मात्रै आवेदन परेपछि बाँकी रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।