
काठमाडौँ । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने ह्चन । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३१५७९० प्रतिशत नगद लाभांश गरि कुल ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।