सुनको मूल्यमा पुनः उच्च वृद्धि, दोस्रो दिनपनि महँगियो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतीतोला एक हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।