सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लगानीकर्तालाई ३०% लाभांश दिने घोषणा

काठमाडौँ  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले  आ.व. २०८०/८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाखको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।  नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।