सुनचाँदी बजार अपडेट: आजको मूल्य कति?

काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ८९५ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ ।