नेको इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन फागुन ८ देखि खुल्ने

काठमाडौ ।  नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले पुस ९ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।