
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले नबिकेको हकप्रद शेयर माघ २१ गतेदेखि सेयर लिलाम बढाबढमार्फत बिक्रीमा ल्याउने भएको छ । कम्पनीले यस अघि बिक्री नभएको कुल ४ लाख ९२ हजार ५७७ कित्ता लिलाममार्फत बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको थियो ।
प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो सेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।इच्छुक खरिदकर्ताले माघ २१ देखि फाुगन ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
कहाँबाट आवेदन दिने:
इच्छुक शेयर खरिदका लागि नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सका कार्यालय पुतलीसडकसहित वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत र धनगढी शाखामा बोलपत्र आवेदन बुझाउन सकिनेछ । फाराम पनि सोही ठाउँमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।