शिखर इन्स्योरेन्सको सेयरधनीहरूलाई लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई बोनस र नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिले माघ १५ गते बसेको बैठकमा १० प्रतिशत बोनस शेयर (२६.५४ करोड) र ०.५२६३ प्रतिशत नगद लाभांश (१.३९ करोड) वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारण सभाको अनुमोदनपछि सेयरधनीलाई प्रदान गरिनेछ