
काठमाडौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा वृद्धि भएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ५० लाख रुपैयाँ गरेको छ । यो गतवर्षको सोही अबधीको तुलनामा ४२.९४ प्रतिशत बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.६६ प्रतिशतबाट घटेर ४.१३ प्रतिशतमा झरेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ३० पैसामा छ । पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३२ पैसा ०८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०६.१५ गुणा छ ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड दुई लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ४१ प्रतिशत घटेको हो। पुस मसान्तसम्ममा लघुवित्तले ४७ करोड १९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट दुई अर्ब ११ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।