
काठमाडौ । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ ।गत असार मसान्तमा २० खर्ब ६७ अर्ब २ करोड रहेको नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनामा बढेर २३ खर्ब ४ अर्ब ९३ करोड पुगेको हो ।राष्ट्र बैंकले यस अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखेको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी बढाएको छ ।
गत असारमा ११ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ रहेको विदेशी ऋणपत्रको लगानी पुस मसान्तमा आउँदा १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।विदेशी बैंकको आवाधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँबाट बढाएर ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको हो। त्यस्तै सुनको प्रमाणपत्रको लगानी गत असार मसान्तमा ८३ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा पुस मसान्तमा आउँदा बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको विदेशी मुद्राको सम्पत्ति २२ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ र स्वदेशी मुद्राको सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ छ। राष्ट्र बैंकले नेपाल सरकारको ऋणपत्रमा २३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ। पुस मसान्तमा आउँदा राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा ८ अर्ब ३५ करोड रुपैयाँले बढेर ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।