नेप्सेमा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन, नयाँ दर सार्वजनिक

 काठमाडौ । कम्पनीको २५ प्रतिशत हकप्रदमा शेयर मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७७१.१२ रुपैयाँ कायम भएको छ। समायोजन अघि कम्पनीको शेयर मूल्य ९३८.९० रुपैयाँ थियो ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । यस संगै माघ १५  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

नेपाल धितोपत्र बोर्डले पुस ९ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।