नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ६.२६ गुणा बढी आवेदन

 काठमाडौ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा ४३ हजार बढीले आवेदन दिएका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि  वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री आईपीओ खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।