इम्पेयरमेन्ट चार्ज बढ्दा इन्फिनिटी लघुवित्तलाई ९.४६ करोड घाटा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था चालु आवको दोस्रो त्रैमासमा ९.४६ करोड रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो वर्ष समान अवधिमा नाफामा रहेको संस्थाले यसपालि इम्पेयरमेन्ट चार्ज अत्यधिक बढ्दा ठूलो नोक्सान व्यहोर्नु परेको हो।

इम्पेयरमेन्ट चार्ज १२.०१ करोड पुगेको छ, जुन अघिल्लो आवको तुलनामा १,५७८.३२ प्रतिशत बढी हो। संस्थाको खराब कर्जा अनुपात ४.९५% बाट बढेर ९.८५% पुगेको छ भने वितरणयोग्य मुनाफा १०.३२ करोड ऋणात्मक भएको छ।