ट्रम्प सरकारद्वारा निष्कासन सूची जारी, १,३६५ नेपाली प्रभावित

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति अपनाउँदै १४ लाखभन्दा बढी आप्रवासीलाई निष्कासन गर्ने सूची सार्वजनिक गरेका छन्।यस सूचीमा १,३६५ नेपाली पनि परेका छन्।

ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि अवैध आप्रवासीको सामूहिक निर्वासन अभियानलाई तीव्रता दिएका छन्।निष्कासन सूचीमा सबैभन्दा बढी प्रभावित राष्ट्रहरूमा होन्डुरस, ग्वाटेमाला, मेक्सिको, र एल साल्भाडोर रहेका छन्। भारतका १७,९४० र चीनका ३७,९०८ जना पनि निष्कासनको प्रक्रियामा छन्।