
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार संस्थाको नाफामा उल्लेखनीय वृद्धि भएको छ।संस्थाले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.२१ प्रतिशतले वृद्धि भएको हो। ब्याज आम्दानी २०.०२ प्रतिशतले बढेर ८० करोड १ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन आम्दानी ६१ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा गिरावट आएको छ। साथै, संस्थाको खराब कर्जा अनुपात घटेर ८.२८ प्रतिशतमा सीमित भएको छ।संस्थाले हालसम्म १४ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ कायम भएको छ।