बहुमूल्य धातु सुन ,चाँदीको मूल्यमा कमी

माघ १५ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो

त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।