
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले १ः०.८८४५१६८ अनुपातमा जारी गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेका ४ लाख ९२ हजार ५७७ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ५ गतेसम्म न्यूनतम मूल्य १०० रुपैयाँ तोकी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्न सक्नेछन्। आवेदन गर्दा कम्तीमा १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ, भने अधिकतम संख्यामा कुनै हद तोकिएको छैन।
कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। बोलपत्र पेस गर्नका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयसँगै लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय पुतलीसडक र शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, तथा धनगढीमा सम्पर्क गर्न सक्नेछन्।