सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको हो ।आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार ५ सय २० रुपैयाँ तोकिएको छ ।आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९९ रुपैयाँ तोकिएको छ ।