नेप्सेमा सूचीकृत भए २ कम्पनीका बोनस शेयर

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज नेप्सेमा रुरु जलविद्युत कम्पनी र नेशनल लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

आज नेप्सेमा रुरु जलविद्युत कम्पनीको १५ प्रतिशतले हुन आउने ७ लाख ३९ हजार ९ सय ८५ दशमलव ४८ कित्ता बोनस शेयर र नेशनल लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने १६ लाख ६० हजार ८ सय ६८ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।