५ लाखभन्दा धेरै संस्थापक शेयर प्राइम बैंकले सर्वसाधारणमा जारी गर्ने

काठमाडौं । प्राईम कमर्सियल बैंक लिमिटेडले माघ १३ गतेदेखि ५ लाख ५ हजार १८६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा निष्कासन गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि निष्कासन गर्दा वितरण नभएकाले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । माघ २० गतेभित्र सम्बन्धित खरीदकर्ताहरूले आवेदन दिनुपर्नेछ ।

प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको यी शेयर खरीदकर्ताहरूले तोकिएको तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य कबुल गर्नुपर्नेछ । आवेदन दिदा सम्पूर्ण कित्ता माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन माघ २१ गते विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा खोलिनेछ ।